दिल्लीलाई हराउँदै चेन्नई प्लेअफ नजिक

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफ नजिक : Icon Khabar

काठमाडौँ, वैशाख २८ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेन्नईले दिल्लीलाई २७ रनले हराउँदै सिजनको सातौं जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र जोड्न सक्यो । कप्तान डेविड वार्नर दोस्रो बलमै खाता नखोली आउट हुँदा दिल्ली समस्यामा परेको थियो । दिल्लीका लागि राइली रुसोले सर्वाधिक ३५ रनको योगदान दिए ।

चौथो विकेटका लागि रुसो र मनिष पाण्डेले ५९ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेपनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा दिल्ली पराजित हुन पुग्यो । बायाँ हाते स्पिनर रविन्द्र जडेजा र मोइन अलीले कसिलो बलिङ गर्दा दिल्ली पराजित हुन पुग्यो । जडेजाले ४ ओभरमा १९ रन खर्चेर रुसोको विकेट लिए । अलीले ४ ओभरमा मात्र १६ रन खर्चिए । दिल्लीका लागि मनिष पाण्डेले २९ बलमा २७, फिल साल्टले १७ र अक्षर पटेलले २१ रनको योगदान दिए ।

त्यसअघि टस‌ जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० अ‍ोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै चेन्नईलाई राम्रो योगफल सम्म पुर्याएका थिए ।

धोनीले अन्तिम अ‍ोभरमा आउट हुनुअघि १ चौका र २ छक्कासहित २० रन प्रहार गरे । रुतुराज गायक्वाद २४, अजिङ्क्या रहाने २१ र शिवम दुवे सर्वाधिक २५ रनमा आउट भए । अम्बटी रायुडु २३ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए । दिल्लीका लागि मिसेल मार्सले २ तथा अक्षर पटेलले २ विकेट हात पारे ।

यस जितसँगै चेन्नई १२ खेलमा १५ अंक जोड्दै दोस्रो स्थानमा छ । शीर्षस्थानको गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । दिल्ली भने ११ खेलमा ८ अंकसहित पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट