दिल्लीलाई हराउँदै चेन्नई प्लेअफ नजिक

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफ नजिक : Icon Khabar

काठमाडौँ, वैशाख २८ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेन्नईले दिल्लीलाई २७ रनले हराउँदै सिजनको सातौं जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र जोड्न सक्यो । कप्तान डेविड वार्नर दोस्रो बलमै खाता नखोली आउट हुँदा दिल्ली समस्यामा परेको थियो । दिल्लीका लागि राइली रुसोले सर्वाधिक ३५ रनको योगदान दिए ।

चौथो विकेटका लागि रुसो र मनिष पाण्डेले ५९ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेपनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा दिल्ली पराजित हुन पुग्यो । बायाँ हाते स्पिनर रविन्द्र जडेजा र मोइन अलीले कसिलो बलिङ गर्दा दिल्ली पराजित हुन पुग्यो । जडेजाले ४ ओभरमा १९ रन खर्चेर रुसोको विकेट लिए । अलीले ४ ओभरमा मात्र १६ रन खर्चिए । दिल्लीका लागि मनिष पाण्डेले २९ बलमा २७, फिल साल्टले १७ र अक्षर पटेलले २१ रनको योगदान दिए ।

त्यसअघि टस‌ जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० अ‍ोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै चेन्नईलाई राम्रो योगफल सम्म पुर्याएका थिए ।

धोनीले अन्तिम अ‍ोभरमा आउट हुनुअघि १ चौका र २ छक्कासहित २० रन प्रहार गरे । रुतुराज गायक्वाद २४, अजिङ्क्या रहाने २१ र शिवम दुवे सर्वाधिक २५ रनमा आउट भए । अम्बटी रायुडु २३ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए । दिल्लीका लागि मिसेल मार्सले २ तथा अक्षर पटेलले २ विकेट हात पारे ।

यस जितसँगै चेन्नई १२ खेलमा १५ अंक जोड्दै दोस्रो स्थानमा छ । शीर्षस्थानको गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । दिल्ली भने ११ खेलमा ८ अंकसहित पुछारमा छ ।

Published Date: 11 May 2023
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय