मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा : Icon Khabar

काठमाडौँ, वैशाख २७ । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्सको मैदानमा बुधबार उपाधिको दावेदार मच्छिन्द्रलाई २-१ ले हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा फर्किएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र त्यसपछि सम्हालिन सकेन । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मच्छिन्द्रले बिरलै चर्च ब्वाइजलाई समस्या दियो ।

चर्चले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । १६ खेलमा ३० अंकका साथ चर्च ब्वाइज अगाडी छ । दोस्रो स्थानको जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

४० औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । बायाँ विंगबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत पोस्टको दिशा दिएका थिए । ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पायो । ओमोलाजा नुरेन करीमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुन: अग्रता लिन सफल रहयो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले दबाबमा बल समाउने प्रयासमा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भयो । नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदिपले सुरुवातदेखि पोस्ट सम्हालेका थिए ।

इन्ज्युरी समयमा आशिष चापागाईको प्रहार आफ्नै सहकर्मी अन्जनलाई लाग्दा चर्च ब्वाइज अग्रता बढाउनबाट बन्चित भयो ।

Published Date: 10 May 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ