च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटीको खेल बराबरी

च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटीको खेल बराबरी : Icon Khabar

काठमाडौं, वैशाख २७ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिएको हो । रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो । सिटीले पहिलो हाफमा रियललाई पूर्ण दबाबमा राखेपनि अग्रता भने रियलले लिएको थियो । दोस्रो हाफमा सिटीले खेलमा फर्किएपनि रियलले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो ।

खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियस जुनियरले गोलमा परिणत गरे । ब्राजिलियन विंगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार डाइभ दिएका गोलरक्षक एडरसनलाई बिट हुँदै गोल भएको थियो ।

दोस्रो हाफको ६७ औं मिनेटमा सिटीले उस्तै प्रकृतिको गोलमार्फत खेल बराबरीमा ल्यायो । कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनले गरेको शक्तिशाली प्रहार उनकै राष्ट्रिय टोलीका सहकर्मी थिबाउट कोर्टुवाले बचाउने अवसर पाएनन् ।

९० औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन् । औरेलिएन चुआमेनीले लामो दुरीबाट गरेको प्रहारलाई एडरसनले डाइभमा पन्च गर्दै गोलबाट टाढा राखे । दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ ।

Published Date: 10 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक