वादोरियो कराते टोली मलेसिया जाने

वादोरियो कराते टोली मलेसिया जाने : Icon Khabar

काठमाडौं, वैशाख २६ । उनाइसौं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दै छ ।

मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा रिदेश बस्यालले प्रतिस्पर्धा गर्ने छन् । महिला २५ केजीमा प्रसिद्धि शर्मा, ४० केजीमा समिक्षा सार्की, ४५ केजीमा वैश्नवी वर्मा र ५० केजीमा आकृती कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अन्जन धमला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 09 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक