धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन

धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन : Icon Khabar

काठमाडौं, वैशाख २६ । धितोपत्र बजारमा दोस्रो बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन भएको छ । आज नेपाल धितापात्र बोर्डले एक विज्ञप्ति जारी गर्दै उक्त विषयको जानकारी दिएको हो ।

आज जारी विज्ञप्तिमा राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने बिषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्न नेपाल धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा गत वर्ष चैत १९ गतेको सञ्चालक बोर्डको निर्णयबाट एक समिति गठन भएको जनाएको छ ।

समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 09 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक