नेपालभर कक्षा १२ को वार्षिक परीक्षा सुरु

नेपालभर कक्षा १२ को वार्षिक परीक्षा सुरु : Icon Khabar

काठमाडौं, वैशाख २६ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । कक्षा १२ मा देशभरबाट ४ लाख ७६ हजार ३ सय ८९ विद्यार्थीले परीक्षा दिने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षाका लागि १ हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् ।

यसअघि तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेड’ प्राप्त गरेका विद्यार्थीलाई यस वर्ष ६ विषयको परीक्षा फारम भरिए पनि पूरै विषयको परीक्षा दिन भनिएको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ गाइडलाइन, २०७८ परिमार्जन गरेपछि अब विद्यार्थीले ग्रेड नभएका विषयको मात्र परीक्षा दिन पाउने भएका छन् ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा ग्रेड नपुगेका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने हुन्छ । यसरी गत वर्ष लिइएको ग्रेडवृद्धि परीक्षामा विद्यार्थी छाड्ने सम्भावना देखिएपछि मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न