नेपालभर कक्षा १२ को वार्षिक परीक्षा सुरु

नेपालभर कक्षा १२ को वार्षिक परीक्षा सुरु : Icon Khabar

काठमाडौं, वैशाख २६ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । कक्षा १२ मा देशभरबाट ४ लाख ७६ हजार ३ सय ८९ विद्यार्थीले परीक्षा दिने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षाका लागि १ हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् ।

यसअघि तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेड’ प्राप्त गरेका विद्यार्थीलाई यस वर्ष ६ विषयको परीक्षा फारम भरिए पनि पूरै विषयको परीक्षा दिन भनिएको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ गाइडलाइन, २०७८ परिमार्जन गरेपछि अब विद्यार्थीले ग्रेड नभएका विषयको मात्र परीक्षा दिन पाउने भएका छन् ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा ग्रेड नपुगेका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने हुन्छ । यसरी गत वर्ष लिइएको ग्रेडवृद्धि परीक्षामा विद्यार्थी छाड्ने सम्भावना देखिएपछि मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो ।

Published Date: 09 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर