ब्राइटनमाथि एभर्टनको सानदार जित

ब्राइटनमाथि एभर्टनको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २६ । रेलिगेसन क्षेत्रनजिक रहेको एभर्टनले इंग्लिस प्रिमियर लिगको शीर्ष ६ को दौडमा रहेको ब्राइटन होव अल्वियोनमाथि सानदार जित निकालेको छ ।

एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ को लज्जास्पद हार चखाएको हो । एभर्टनको फराकिलो जितमा एब्डुलाए डोउकाउरे र डिवाइट म्याक्नेलले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका एलेक्किस म्याक एलिस्टरले एक गोल फर्काए ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा डोउकाउरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो ।

२९अऔं मिनेटमा डोउकाउरेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा जासोनले अआत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

७६औं मिनेटमा म्याक्नेलले गोल गरेपछि एभर्टन फरकिलो जिततर्फ अघि बढ्यो । ७९अऔं मिनेटमा एलिस्टरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै एभर्टनलाई सानदार जित दिलाए ।

यस जितसँगै एभर्टनले रेलिगेसन क्षेत्र छाडेको छ । एभर्टन ३५ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)