ब्राइटनमाथि एभर्टनको सानदार जित

ब्राइटनमाथि एभर्टनको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २६ । रेलिगेसन क्षेत्रनजिक रहेको एभर्टनले इंग्लिस प्रिमियर लिगको शीर्ष ६ को दौडमा रहेको ब्राइटन होव अल्वियोनमाथि सानदार जित निकालेको छ ।

एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ को लज्जास्पद हार चखाएको हो । एभर्टनको फराकिलो जितमा एब्डुलाए डोउकाउरे र डिवाइट म्याक्नेलले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका एलेक्किस म्याक एलिस्टरले एक गोल फर्काए ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा डोउकाउरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो ।

२९अऔं मिनेटमा डोउकाउरेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा जासोनले अआत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

७६औं मिनेटमा म्याक्नेलले गोल गरेपछि एभर्टन फरकिलो जिततर्फ अघि बढ्यो । ७९अऔं मिनेटमा एलिस्टरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै एभर्टनलाई सानदार जित दिलाए ।

यस जितसँगै एभर्टनले रेलिगेसन क्षेत्र छाडेको छ । एभर्टन ३५ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा छ । –एजेन्सी

Published Date: 09 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर