सन्दीपको सामान्य शल्यक्रिया सम्पन्न

सन्दीपको सामान्य शल्यक्रिया सम्पन्न : Icon Khabar

काठमाडौं, वैशाख २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको सामान्य शल्यक्रिया सम्पन्न भएको छ । लामो समयदेखि दुख दिइरहेको छालाको सामान्य समस्या नेपाल नेशनल हस्पिटलमा शल्यक्रिया गरेर हटाइएको हो ।

क्रिकेट टोलीसँग पछिल्लो समय डाक्टरको भूमिकामा काम गरिरहेका डाक्टर अभिषेक राज सिंहले योजना अनुसार नै सन्दीपको शल्यक्रिया गरिएको जानकारी दिए । ‘हामीले योजना अनुसार नै शल्यक्रिया गरेका हौं । सामान्य समस्या भएकाले खेल नभएको समयमा गर्नुपर्ने थियो । अहिले विश्राम रहेकाले शल्यक्रिया गरेका हौं । भोली नै डिस्चार्ज गर्ने कार्यक्रम छ,’ सिंहले जानकारी दिए ।

सन्दीप यसै महिना सम्पन्न एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुँदा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी समूह चरणमा कतारविरुद्ध सन्दीपको अलराउन्ड प्रदर्शन उत्कृष्ट थियो । ब्याटिङ र बलिङ दुवैमा चम्किएका सन्दीपले नेपालको अपराजित यात्रा कायम राखेका थिए ।

Published Date: 08 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर