सन्दीपको सामान्य शल्यक्रिया सम्पन्न

सन्दीपको सामान्य शल्यक्रिया सम्पन्न : Icon Khabar

काठमाडौं, वैशाख २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको सामान्य शल्यक्रिया सम्पन्न भएको छ । लामो समयदेखि दुख दिइरहेको छालाको सामान्य समस्या नेपाल नेशनल हस्पिटलमा शल्यक्रिया गरेर हटाइएको हो ।

क्रिकेट टोलीसँग पछिल्लो समय डाक्टरको भूमिकामा काम गरिरहेका डाक्टर अभिषेक राज सिंहले योजना अनुसार नै सन्दीपको शल्यक्रिया गरिएको जानकारी दिए । ‘हामीले योजना अनुसार नै शल्यक्रिया गरेका हौं । सामान्य समस्या भएकाले खेल नभएको समयमा गर्नुपर्ने थियो । अहिले विश्राम रहेकाले शल्यक्रिया गरेका हौं । भोली नै डिस्चार्ज गर्ने कार्यक्रम छ,’ सिंहले जानकारी दिए ।

सन्दीप यसै महिना सम्पन्न एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुँदा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी समूह चरणमा कतारविरुद्ध सन्दीपको अलराउन्ड प्रदर्शन उत्कृष्ट थियो । ब्याटिङ र बलिङ दुवैमा चम्किएका सन्दीपले नेपालको अपराजित यात्रा कायम राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न