रफिक चम्कँदा फ्रेन्ड्सले खुमलटारलाई हरायो

रफिक चम्कँदा फ्रेन्ड्सले खुमलटारलाई हरायो : Icon Khabar

काठमाडौं, वैशाख २५ । रफिक एमिनुको दुई तथा सन्तोष खत्रीको एक गोल मद्दतमा फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ ।

फ्रेन्ड्सले खुमलटारमाथि ३–१ को सहज जित हात पारेको हो । खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए । च्यासल रंगशालामा सोमबार भएको खेलको चौथो मिनेटमा रफिकको गोलबाट फ्रेन्ड्सले १–० को अग्रता लिन सफल भयो ।

१६औं मिनेटमा रफिकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा मेसुकेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, ७८औं मिनेटमा सन्तोष खत्रीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए ।

यस जितसँगै फ्रेन्ड्स १६ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान १९ अंक नै रहेपनि एपिएफ गोल अन्तरमा पछि छ । पराजित खुमलटार १६ खेलबाट १७ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा छ ।

Published Date: 08 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक