रफिक चम्कँदा फ्रेन्ड्सले खुमलटारलाई हरायो

रफिक चम्कँदा फ्रेन्ड्सले खुमलटारलाई हरायो : Icon Khabar

काठमाडौं, वैशाख २५ । रफिक एमिनुको दुई तथा सन्तोष खत्रीको एक गोल मद्दतमा फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ ।

फ्रेन्ड्सले खुमलटारमाथि ३–१ को सहज जित हात पारेको हो । खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए । च्यासल रंगशालामा सोमबार भएको खेलको चौथो मिनेटमा रफिकको गोलबाट फ्रेन्ड्सले १–० को अग्रता लिन सफल भयो ।

१६औं मिनेटमा रफिकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा मेसुकेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, ७८औं मिनेटमा सन्तोष खत्रीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए ।

यस जितसँगै फ्रेन्ड्स १६ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान १९ अंक नै रहेपनि एपिएफ गोल अन्तरमा पछि छ । पराजित खुमलटार १६ खेलबाट १७ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा छ ।

Published Date: 08 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास