सुनको मूल्य आइतबार तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मूल्य आइतबार तोलामा १२ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २४ । सुनको मूल्य आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार (वैशाख २१ गते) छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको छ ।

Published Date: 07 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय