राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री साउद सहभागी

राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री साउद सहभागी : Icon Khabar

काठमाडौं, वैशाख २४ । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार बेलायत र उत्तरी आयरल्यान्डका राजाका रूपमा श्री ५ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै सरिक भएका छन् । ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको राजाको स्वागत समारोहमा परराष्ट्रमन्त्री पनि सहभागी भएका थिए ।

सो अवसरमा मन्त्री साउदले राजा र शाही परिवारका अन्य सदस्य, बेलायती प्रधानमन्त्री ऋषि सुनक, बेलायती विदेश सचिव र बेलायती मन्त्रीहरुसँग भेटघाट र अन्तरक्रिया गरेका थिए ।

त्यस्तै, मन्त्री साउदले यस क्षेत्र र विश्वभरका नेता तथा मन्त्रीहरूसँग संक्षिप्त परामर्श गरेको दूतावासले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बेलायत र उत्तरी आयरल्यान्डका राजाका रूपमा महामहिम राजा चार्ल्स तृतीयलाई राज्याभिषेक गर्नुभएकोमा बधाई सन्देश पठाएका छन्।

शनिबार दिएको सन्देशमा राष्ट्रपति पौडेलले वातावरण संरक्षण र दिगो विकासजस्ता महत्वपूर्ण विश्वव्यापी एजेन्डामा प्रिन्स अफ वेल्सका हैसियतमा विगतमा भएका बहुमूल्य कार्यहरूको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 07 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय