राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री साउद सहभागी

राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री साउद सहभागी : Icon Khabar

काठमाडौं, वैशाख २४ । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार बेलायत र उत्तरी आयरल्यान्डका राजाका रूपमा श्री ५ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै सरिक भएका छन् । ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको राजाको स्वागत समारोहमा परराष्ट्रमन्त्री पनि सहभागी भएका थिए ।

सो अवसरमा मन्त्री साउदले राजा र शाही परिवारका अन्य सदस्य, बेलायती प्रधानमन्त्री ऋषि सुनक, बेलायती विदेश सचिव र बेलायती मन्त्रीहरुसँग भेटघाट र अन्तरक्रिया गरेका थिए ।

त्यस्तै, मन्त्री साउदले यस क्षेत्र र विश्वभरका नेता तथा मन्त्रीहरूसँग संक्षिप्त परामर्श गरेको दूतावासले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बेलायत र उत्तरी आयरल्यान्डका राजाका रूपमा महामहिम राजा चार्ल्स तृतीयलाई राज्याभिषेक गर्नुभएकोमा बधाई सन्देश पठाएका छन्।

शनिबार दिएको सन्देशमा राष्ट्रपति पौडेलले वातावरण संरक्षण र दिगो विकासजस्ता महत्वपूर्ण विश्वव्यापी एजेन्डामा प्रिन्स अफ वेल्सका हैसियतमा विगतमा भएका बहुमूल्य कार्यहरूको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 07 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक