नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन : Icon Khabar

काठमाडौं, बैशाख २३। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको एम्बासडरले समान ३–३ स्वर्ण, रजत र कांस्य हात पर्यो ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटीएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए । भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जिते । दुवैले जनही ५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको दुईदिने प्रतियोगिताको गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Published Date: 06 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक