हस्तमैथून शरीरको लागि फाइदा या बेफाइदा ?

हस्तमैथून शरीरको लागि फाइदा या बेफाइदा ? : Icon Khabar

काठमाडौँ, साउन ७ । उमेरावस्थासँगैं हस्तमैथून (हातेक्रिडा) यौन सन्तुष्टिको उत्तम विकल्प मानिन्छ । सामाजिक दृष्ट्रिकोण साँघुरो भएरपनि हुनसक्छ हाम्रो समाजमा खुलेर चर्चा गर्ने गरिएको छैन। पछिल्ला दिनहरुमा यौन सन्तुष्टिका लागि मानिसहरुले साथी खोज्नु भन्दा हस्तमैथून वा सेक्स टोयको प्रयोग गरेर यौन आनन्द लिनेको संख्या ह्वात्तै बढेको छ ।

पुरुषले मात्रै हैन महिलाले पनि हस्तमैथून गरेर यौन सन्तुष्टि लिन्छन् । आफ्ना संवेदनशील अंग चलाएर, छोएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथून गर्न सकिन्छ ।

यौनक्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथून गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिने गर्दछन भने पुरुषको वीर्य स्खलन हुन्छ । आवश्यक्ता भन्दा धेरै हस्तमैथून शरीरको लागि घातक पनि हुन सक्छ । यसको असर दाम्पत्य जीवनमा भारी पर्न सक्छ ।

गलत कि सहि

यौन उत्तेजनालाई नियन्त्रण गर्नको लागि हस्तमैथून वा अन्य कुनै तरिका अपनाउनु आफैंमा गलत भने होईन । यदी कुनैपनि व्यक्तिको मनमा यौन एक सपना बनेर रहन्छ त्यो व्यक्तिले जस्तोसुकै कदम पनि चाल्न पछि नपर्ने मानसिक रोग विशेषज्ञहरुको दाबी छ ।

एक अध्ययनले यो पनि देखाएको छ कि बलात्कार जस्ता यौंन हिंसा सम्बन्धी अपराध कम गर्नको लागि कुनैपनि मानिसलाई यौनका बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ । विकल्पको रुपमा हस्तमैथुन अचुक वाण बनेको छ ।

हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन् । हस्तमैथून क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ ।

फाइदा-बेफाइदा

हस्तमैथूनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन । बढी हस्तमैथून गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ ।

हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथूनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ ।

हस्तमैथूनलाई नै यौनक्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथून गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना पनि बढेको घटनाहरुले देखाएको छ ।

हस्तमैथुन गर्दाका ५ फाइदा

तनाव घटाउँछ:- हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।

सुरक्षित क्रिया:- यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।

यौन दुर्बलताको उपचार:- शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।

मीठो निद्रा:- सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।

प्रसन्न बनाउँछ:- हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ:- वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

प्रजनन् रोग घटाउँछ:- हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
22
+1
0
+1
5
+1
0
+1
3
Published Date: 23 July 2023
Website | + posts




ताजा
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने