टिभिएसको एओजी राइड सम्पन्न

टिभिएसको एओजी राइड सम्पन्न : Icon Khabar

काठमाडौं, साउन ७ । टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुपएओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडरहरुको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको थियो ।

युवाहरुको बाइकिङ् प्रतिको प्रेमलाई एकै छानो मुनिल्याउनका साथै राइडरहरु बीचको भाइचारा बढाउन एओजीविगत एक वर्ष देखि लागि परेको छ । राइड सँगै सामाजिककार्यहरुमापनि सहयोग पुर्याउदै आएको एओजीले यस पटकभने बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमा बुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो । पछिल्लो चार महिनामाएओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेको जनाएको छ ।

बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना राय राख्दै टिभिएस का हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्राÞÞÞलिÞका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थित सबैलाई भावुक बनाएका थिए । भावुक भएका सम्पूर्ण राइडर र बृद्धमा उत्साहभर्न एओजीका एक सहभागी सम्राट कार्कीले गीत गाएर र सुदुरपश्चिम का लोकप्रिय टिकटकर लोकेश पाल ठकुरीले नाच देखाएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रमको अन्त्यमा भने सहभागीहरुले आगामी दिनमा बृद्धाश्रमलाई आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्ने सङ्कल्पगर्दै बिदा मागेर खर्क रिसोर्ट तर्फ यात्रा गरेका थिए । खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरु गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल