नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि : Icon Khabar

काठमाडौं, पुस १८ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कुल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरीको रु. १६ करोड ६४ लाख ८२ हजार तीन सय तीन, एनआइसी एशिया बैंकको रु. ११ करोड १४ लाख ५५ हजार, नेपाल दूरसञ्चार कम्पनीको रु. आठ करोड ३५ लाख ८५ हजार नौ सय १५ र युनिभर्सल पावरको रु. सात करोड ९२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त र खप्तड लघुवित्त छन् । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, अजोड इन्स्योरेन्स नौ दशमलब ९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनएमबीका ५० लगानीकर्ताले चार दशमलब ८० प्रतिशतले गुमाए भने नेपाल दूरसञ्चार कम्पनीको चार दशमलव शून्य एक, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र तीन दशमलव ९६, नेपाल बैंक लिमिटेडको दुई दशमलव ५६ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ४५ प्रतिशतले गुमाएका छन् । – रासस

Published Date: 02 January 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली