बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २१ । बिहिबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७६ स्टकको २० हजार ६५५ पटकको कारोबारमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यसैगरी, आज वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts