गृहमन्त्री श्रेष्ठद्वारा अपराधीलाई सफाइ नदिन प्रहरीलाई निर्देशन

गृहमन्त्री श्रेष्ठद्वारा अपराधीलाई सफाइ नदिन प्रहरीलाई निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख २१ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा नेपालीलाई ठगी गरेको घटनामा दोषीलाई सफाइ दिन नहुने बताएका छन्।

अपराधी जतिसुकै शक्तिशाली वा प्रभावशाली किन नहोस् भनेर प्रहरी प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

मन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानको नाममा निर्दोषलाई दुःख नपरोस् भनेर सचेत रहन पनि भनेको छु । उनले यस विषयमा सुरक्षा निकायले सावधानीपूर्वक काम गरिरहेको बताए ।

नक्कली भुटानी शरणार्थी घोटालाको छानबिन गर्न प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो भने नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Published Date: 04 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी