प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिने : Icon Khabar

काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते सङ्घीय संसदमा विश्वासको मत लिने भएको छ । सोमबार सङ्घीय संसदका महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने उल्लेख गरेको हो।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2023
Website | + posts