प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिने : Icon Khabar

काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते सङ्घीय संसदमा विश्वासको मत लिने भएको छ । सोमबार सङ्घीय संसदका महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने उल्लेख गरेको हो।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

Published Date: 02 January 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर