मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख १९ । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका-७ धुल्खु घर भई काठमाडौं बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने