मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख १९ । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका-७ धुल्खु घर भई काठमाडौं बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

Published Date: 02 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी