प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिनेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिनेछ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, वैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिने बताएका छन्। सरकारले बजेटको तयारी गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतका केही कार्यक्रम परिमार्जन गरिने बताए ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘पहिलेका केही कार्यक्रम असफल भएका छन् जसमा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि परेका छन् । यी कार्यक्रमहरूले अपेक्षित परिणाम दिन सकेनन्।” प्रधानमन्त्री दाहालले अनुदान कार्यक्रममा पनि परिवर्तन गर्ने तयारी गरिरहेको बताए ।

‘अहिलेको अनुदान वितरण पद्धतिका कारण खेतबारीमा काम गर्ने किसानले आवश्यक अनुदान पाएका छैनन् । किसानलाई दिइने अनुदान र अनुदानबाट बिचौलियाले मात्रै लाभान्वित भएको व्यापक रूपमा सुनिएको छ । त्यसैले यस्ता कार्यक्रम परिवर्तन गर्दैछु,’ प्रधानमन्त्री दाहालले भने । उनले आगामी आर्थिक वर्षको बजेट युवा लक्षित कार्यक्रममा लगानी गर्नेतर्फ केन्द्रित हुने बताए ।

‘हालको बजेट युवालाई सम्बोधन गरी रोजगारीका अवसर सिर्जना गर्नेतर्फ केन्द्रित छ । यो कृषिमा हुन्छ। कृषिबाट उत्पादन हुने कच्चा पदार्थमा पनि उद्योगमा आधारित लगानी केन्द्रित छ,’ उनले भने ।

Published Date: 02 May 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न