५० केजी ताैल समुहमा दुवाल र माया केसीले प्रतिस्पर्धा गर्ने

५० केजी ताैल समुहमा दुवाल र माया केसीले प्रतिस्पर्धा गर्ने : Icon Khabar
ललितपुर बैशाख १९ । १९ औं एशियन गेम्सका लागि बक्सिङ खेलकाे प्रारम्भिक छनाैट प्रतियोगितामा ५० केजी ताैल समुहकाे फाइनल खेलमा H2O बबागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया के.सी. ले प्रतिस्पर्धा गर्ने भएकिछिन् ।
आज भएकाे ५० केजी ताैल समुहमा सशस्त्र प्रहरीका नन्जा बुढामगरलाई ५:० अंककाे आधारमा पराजित गर्दै लुम्बिनी प्रदेशकी मुक्केबाज माया के.सी. फाईनल प्रबेश गरेकी थिईन् । भने साेही ताैल समुहमा स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी मुक्केबाज रमिशा श्रेष्ठलाई ५:० अंककाे आधारमा H20 बक्सिङ क्लब काठमाडौंकी अस्मिता दुवालले विजय हासिल गर्दै फाईनल प्रवेश गरेकी थिईन् । दुवाले बागमती प्रदेशबाट  नवाैँ राष्ट्रिय खेलकुदमा प्रतिनिधितब गर्दै ५० केजी ताैल समुहमा स्वर्ण पदक जितेकी थिईन । फाईनल खेलमा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५० के.जी र ५४ केजी ताैल समुहमा रजत पदक जितेकी थिईन् ।
मित्र राष्ट्र चिनकाे हाेन्जाउ  शहरमा २०२३ मा हुन लागेकाे १९ औं एशियन गेम्सका लागि आज भएकाे महिला ५७ केजी ताैल समुहकाे सेमिफाईनल खेलमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पा माथि ५:० अंककाे आधारमा सशस्त्र प्रहरीकी खेलाडी निता गाेसाईले जित हासिल गरेकिथिईन् । भने साेहि ताैल समुहमा नुवाकाेट जिल्ला भाईब बक्सिङ क्लबकी रक्षा जि.सि.माथि नेपाल आर्मीकि चन्द्रकला थापाले ए बि डि काे आधारमा जित हासिल गरेकी थिईन । निता गाेशाई र चन्द्रकला थापा फाईनल प्रवेश गरेसंगै ५७ केजी ताैल समुहमा प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष तर्फ ५१ केजी ताैल समुहमा सशस्त्र प्रहरीका खेलाडी प्रदिप महर्जन र बक्समाण्डु बक्सिङ क्लब काठमाडौंका लक्ष्मण राईलाई क्रमश: नेपाल प्रहरीका खेलाडी  चन्द्र बहादुर थापा र नेपाल आर्मीका खेलाडी सुशील थापाले ५:० अंककाे आधारमा जित हासिल गरेर फाईनल प्रबेश गरेसंगै ५१ केजी ताैल समुहमा चन्द्र बहादुर थापा र सुशील थापाले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष तर्फ ५७ केजी ताैल समुहकाे सेमिफाइनल खेलमा  बाँकेका खेलाडी ईन्द्र बहादुर सुनार र करण लाेहारलाई क्रमश: ५:० अंक र आरएससीकाे आधारमा H20 बागमती प्रदेशका खेलाडी बुद्ध ग्याम्जाे लामा र नेपाल प्रहरीका खेलाडी पुरन सुनुवारले जित हासिल गर्दै फाईनल खेलमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ६३.५ केजी ताैल समुहमा नेपाल प्रहरीका खेलाडी लालु आलेमगर र सशस्त्र प्रहरीका खेलाडी साेनाम सार्कीलाई क्रमश: ५:० र ५:२ अंककाे आधारमा बागमती प्रदेश मकवानपुरका खेलाडी साेहन राई र बागमती प्रदेश जेनेक्श बक्सिङ क्लबका खेलाडी माैसम रानामगरले जित हासिल गर्दै फाईनलमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ७१ केजी ताैल समुहमा  नुवाकाेट भाईब बक्सिङ क्लबका खेलाडी  आशिष पुडासैनी र सशस्त्र प्रहरीका खेलाडी बिक्रम चाैधरीलाई क्रमश : आरएससी र ५:० अंककाे आधारमा लुम्बिनी प्रदेशका खेलाडी विकास रानागमर र नेपाल प्रहरीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै फाईनमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ९२ केजी ताैल समुहमा सशस्त्र प्रहरीका खेलाडी गाेकुल गुरुङलाई ५:० अंककाे आधारमा नेपाल आर्मीका खेलाडी महेन्द्र के.सीले जित हासिल गर्दै फाइनल प्रवेश गरेकाछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने