५० केजी ताैल समुहमा दुवाल र माया केसीले प्रतिस्पर्धा गर्ने

५० केजी ताैल समुहमा दुवाल र माया केसीले प्रतिस्पर्धा गर्ने : Icon Khabar
ललितपुर बैशाख १९ । १९ औं एशियन गेम्सका लागि बक्सिङ खेलकाे प्रारम्भिक छनाैट प्रतियोगितामा ५० केजी ताैल समुहकाे फाइनल खेलमा H2O बबागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया के.सी. ले प्रतिस्पर्धा गर्ने भएकिछिन् ।
आज भएकाे ५० केजी ताैल समुहमा सशस्त्र प्रहरीका नन्जा बुढामगरलाई ५:० अंककाे आधारमा पराजित गर्दै लुम्बिनी प्रदेशकी मुक्केबाज माया के.सी. फाईनल प्रबेश गरेकी थिईन् । भने साेही ताैल समुहमा स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी मुक्केबाज रमिशा श्रेष्ठलाई ५:० अंककाे आधारमा H20 बक्सिङ क्लब काठमाडौंकी अस्मिता दुवालले विजय हासिल गर्दै फाईनल प्रवेश गरेकी थिईन् । दुवाले बागमती प्रदेशबाट  नवाैँ राष्ट्रिय खेलकुदमा प्रतिनिधितब गर्दै ५० केजी ताैल समुहमा स्वर्ण पदक जितेकी थिईन । फाईनल खेलमा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५० के.जी र ५४ केजी ताैल समुहमा रजत पदक जितेकी थिईन् ।
मित्र राष्ट्र चिनकाे हाेन्जाउ  शहरमा २०२३ मा हुन लागेकाे १९ औं एशियन गेम्सका लागि आज भएकाे महिला ५७ केजी ताैल समुहकाे सेमिफाईनल खेलमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पा माथि ५:० अंककाे आधारमा सशस्त्र प्रहरीकी खेलाडी निता गाेसाईले जित हासिल गरेकिथिईन् । भने साेहि ताैल समुहमा नुवाकाेट जिल्ला भाईब बक्सिङ क्लबकी रक्षा जि.सि.माथि नेपाल आर्मीकि चन्द्रकला थापाले ए बि डि काे आधारमा जित हासिल गरेकी थिईन । निता गाेशाई र चन्द्रकला थापा फाईनल प्रवेश गरेसंगै ५७ केजी ताैल समुहमा प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष तर्फ ५१ केजी ताैल समुहमा सशस्त्र प्रहरीका खेलाडी प्रदिप महर्जन र बक्समाण्डु बक्सिङ क्लब काठमाडौंका लक्ष्मण राईलाई क्रमश: नेपाल प्रहरीका खेलाडी  चन्द्र बहादुर थापा र नेपाल आर्मीका खेलाडी सुशील थापाले ५:० अंककाे आधारमा जित हासिल गरेर फाईनल प्रबेश गरेसंगै ५१ केजी ताैल समुहमा चन्द्र बहादुर थापा र सुशील थापाले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष तर्फ ५७ केजी ताैल समुहकाे सेमिफाइनल खेलमा  बाँकेका खेलाडी ईन्द्र बहादुर सुनार र करण लाेहारलाई क्रमश: ५:० अंक र आरएससीकाे आधारमा H20 बागमती प्रदेशका खेलाडी बुद्ध ग्याम्जाे लामा र नेपाल प्रहरीका खेलाडी पुरन सुनुवारले जित हासिल गर्दै फाईनल खेलमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ६३.५ केजी ताैल समुहमा नेपाल प्रहरीका खेलाडी लालु आलेमगर र सशस्त्र प्रहरीका खेलाडी साेनाम सार्कीलाई क्रमश: ५:० र ५:२ अंककाे आधारमा बागमती प्रदेश मकवानपुरका खेलाडी साेहन राई र बागमती प्रदेश जेनेक्श बक्सिङ क्लबका खेलाडी माैसम रानामगरले जित हासिल गर्दै फाईनलमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ७१ केजी ताैल समुहमा  नुवाकाेट भाईब बक्सिङ क्लबका खेलाडी  आशिष पुडासैनी र सशस्त्र प्रहरीका खेलाडी बिक्रम चाैधरीलाई क्रमश : आरएससी र ५:० अंककाे आधारमा लुम्बिनी प्रदेशका खेलाडी विकास रानागमर र नेपाल प्रहरीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै फाईनमा भेट पक्का गरेकाछन् ।
पुरुष तर्फ ९२ केजी ताैल समुहमा सशस्त्र प्रहरीका खेलाडी गाेकुल गुरुङलाई ५:० अंककाे आधारमा नेपाल आर्मीका खेलाडी महेन्द्र के.सीले जित हासिल गर्दै फाइनल प्रवेश गरेकाछन् ।
Published Date: 02 May 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता