नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान

नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान : Icon Khabar
काठमाडौं, वैशाख १९ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।
देशको अर्थतन्त्रको आकार भनेर चिनिने जीडीपी यसअघि ४८ खर्ब हाराहारी थियो । मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।
कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो । विश्व बैंक एसियाली विकास बैंकको अन्तिम प्रक्षेपणमा ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए ।
Published Date: 02 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग