नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान

नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान : Icon Khabar
काठमाडौं, वैशाख १९ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।
देशको अर्थतन्त्रको आकार भनेर चिनिने जीडीपी यसअघि ४८ खर्ब हाराहारी थियो । मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।
कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो । विश्व बैंक एसियाली विकास बैंकको अन्तिम प्रक्षेपणमा ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट