सिटिजन लाइफ इन्सुरेन्सको नाफा सामान्य बढ्यो

सिटिजन लाइफ इन्सुरेन्सको नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १९ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा यसले १५ करोड १ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २.६०% ले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार ५३.०२% ले बढेर ८ अर्ब ४७ करोड ४१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

खुद बिमा शुल्क आर्जन पनि ३.७१% ले बढेर ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले फेस भ्याल्यूमा १९० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २९० रुपैयाँका दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको छ ।

Published Date: 02 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग