सिटिजन लाइफ इन्सुरेन्सको नाफा सामान्य बढ्यो

सिटिजन लाइफ इन्सुरेन्सको नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १९ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा यसले १५ करोड १ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २.६०% ले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार ५३.०२% ले बढेर ८ अर्ब ४७ करोड ४१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

खुद बिमा शुल्क आर्जन पनि ३.७१% ले बढेर ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले फेस भ्याल्यूमा १९० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २९० रुपैयाँका दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने