मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १९ । मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ। यस दिन ६९ करोड २२ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक छन्। ब्यापार उपसमूह सबैभन्दा धेरै घटेको छ।

यस दिन आदर्श लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको पनि ४.३५ प्रतिशतले बढेको छ। यता श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७० प्रतिशत र मिथिला लघुवित्तको ४.५७ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै २ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनी र शिवम सिमेन्टको पनि २ करोड बढीको शेयर कारोबार भएको छ।

Published Date: 02 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग