मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १९ । मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ। यस दिन ६९ करोड २२ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक छन्। ब्यापार उपसमूह सबैभन्दा धेरै घटेको छ।

यस दिन आदर्श लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको पनि ४.३५ प्रतिशतले बढेको छ। यता श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७० प्रतिशत र मिथिला लघुवित्तको ४.५७ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै २ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनी र शिवम सिमेन्टको पनि २ करोड बढीको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने