के तपाई पनि खानेकुरा पकाउँदा अजिनोमोटो प्रयोग गर्नुहुन्छ?

के तपाई पनि खानेकुरा पकाउँदा अजिनोमोटो प्रयोग गर्नुहुन्छ? : Icon Khabar

काठमाडाैं, वैशाख १९ । आजभाेली सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै अजिनोमोटो प्रयोग गरिन्छ ।

चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक रहेकाे छ । हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो ।

खानामा मिसाएपछि पग्लिने अजिनोमोटो यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।

अजिनोमोटो हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन । भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक भएको छ । अजिनोमोटोको प्रयोग बर्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।

नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न अजिनोमोटोको माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने नहुनेबारे ज्ञान नै नभएको र कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत नभएकाे क्यान्सर रोग विशेषज्ञ डा समिर शर्माकाे भनाइ छ ।

नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । अझ काठमाडाैंमा रहेका हरेक खाजा तथा मःमः सेन्टरमा अत्यधिक अजिनिमोटो प्रयोग गरिने गरेकाे पाइन्छ । पकाउदा मिसाइने मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि यसको प्रयोग गरिन्छ । त्यसले त मन्द बिषको काम गर्ने अजिनोमोटोको प्रयोगमा सचेत हुन आवश्यक छ ।

अजिनोमोटोयुक्त खानेकुरा खाँदा के हुन्छ ?

१.रगतमा ग्लुटामेटको स्तर बढ्छ ।

२. मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।

३.आँखाको रेटिनामा नोक्सान पुर्याउँछ ।

४.मस्तिष्कको न्यूरोन्समा असर गर्छ ।

५.प्रजनन् क्षमता कमजोर बनाउँछ ।

६.गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ ।

७.शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ ।

८.क्यान्सरको जोखिम बढाउछ ।

९.अजिनोमोटोले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts