आज हुने नेपाल र युएईबीचको फाइनलमा दर्शकलाई प्रवेश निशुल्क

आज हुने नेपाल र युएईबीचको फाइनलमा दर्शकलाई प्रवेश निशुल्क : Icon Khabar

काठमाडौं, बैशाख १९ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कपमा नेपाल र युएईबीचको फाइनलमा खेल मंगलबार दर्शकलाई निशुल्क प्रवेश गराउने भएको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मंगलबार दर्शकलाई प्रवेश निशुल्क रहेको जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजकै स्कोरबाट निरन्तर हुनेछ । आज रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

आज पनि वर्षाको सम्भावनाछ । १० बजेपछि वर्षाको सम्भावना रहन्छ । दिउँसो १२ बजेपछि भारी वर्षाको सम्भावना छ । वर्षा अघि सम्म नेपाल विजयी नभएमा नतिजा निकाल्न सुपर ओभर गर्न सक्ने सम्भावा रहन्छ । सुपर ओभर भने नेपाललाई ठूलो घातक बन्नसक्छ ।

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ । नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

नेपालले आज युएईलाई जतिसक्दो चाँडै अल आउट गर्दै आफूले ब्याटिङ गर्नुपर्ने हुन्छ । ब्याटिङमा पनि आक्रामकका साथ चाँडै जित निकाल्ने योजना बनाउनु पर्ने हुन्छ । आजको खेलमा दर्शकलाई भने निशुल्क प्रवेश गरिएको छ । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट