आज हुने नेपाल र युएईबीचको फाइनलमा दर्शकलाई प्रवेश निशुल्क

आज हुने नेपाल र युएईबीचको फाइनलमा दर्शकलाई प्रवेश निशुल्क : Icon Khabar

काठमाडौं, बैशाख १९ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कपमा नेपाल र युएईबीचको फाइनलमा खेल मंगलबार दर्शकलाई निशुल्क प्रवेश गराउने भएको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मंगलबार दर्शकलाई प्रवेश निशुल्क रहेको जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजकै स्कोरबाट निरन्तर हुनेछ । आज रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

आज पनि वर्षाको सम्भावनाछ । १० बजेपछि वर्षाको सम्भावना रहन्छ । दिउँसो १२ बजेपछि भारी वर्षाको सम्भावना छ । वर्षा अघि सम्म नेपाल विजयी नभएमा नतिजा निकाल्न सुपर ओभर गर्न सक्ने सम्भावा रहन्छ । सुपर ओभर भने नेपाललाई ठूलो घातक बन्नसक्छ ।

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ । नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

नेपालले आज युएईलाई जतिसक्दो चाँडै अल आउट गर्दै आफूले ब्याटिङ गर्नुपर्ने हुन्छ । ब्याटिङमा पनि आक्रामकका साथ चाँडै जित निकाल्ने योजना बनाउनु पर्ने हुन्छ । आजको खेलमा दर्शकलाई भने निशुल्क प्रवेश गरिएको छ । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Published Date: 02 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी