ख्वप कलेजमा तीनदिने कायर्शाला गोष्ठी सुरु

ख्वप कलेजमा तीनदिने कायर्शाला गोष्ठी सुरु : Icon Khabar

भक्तपुर, वैशाख १८ । विश्वविद्यालय अनुदान आयोगको सहयोग र ख्वप कलेजको आयोजनामा भएको क्यापासिटी डेभलेपमेन्ट अफ फूल टाइम फ्याकल्टी एन्ड एडमिनिस्ट्रेटिभ स्टाफ’ बारे तीनदिने कार्यशाला गोष्ठी सोमबार सुरु भयो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वविद्यालय अनुसन्धान र प्राज्ञिक थलो बन्नुपर्नेमा शासक पार्टीको भागबन्डाको थलो बन्दा देशको शैक्षिक स्थिति भद्रगोलको स्थितिमा पुगेको बताए ।

शैक्षिक क्षेत्रलाई हडताल र तालाबन्दी मुक्त क्षेत्र घोषणा गर्नुपर्ने धारणा उनको थियो । परनिर्भरले काम गर्ने होइन, सहयोग दिएपछि मात्र काम गर्ने बानी त्याग्नुपर्छ भन्दै त्रिविमा योग्यताको कदर नभएको जनगुनासो रहेको प्रमुख प्रजापतिले व्यक्त गरे ।

कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोलेको थियो । कार्यशाला गोष्ठी मंगलबार र बुधबार पनि चालु रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल