ख्वप कलेजमा तीनदिने कायर्शाला गोष्ठी सुरु

ख्वप कलेजमा तीनदिने कायर्शाला गोष्ठी सुरु : Icon Khabar

भक्तपुर, वैशाख १८ । विश्वविद्यालय अनुदान आयोगको सहयोग र ख्वप कलेजको आयोजनामा भएको क्यापासिटी डेभलेपमेन्ट अफ फूल टाइम फ्याकल्टी एन्ड एडमिनिस्ट्रेटिभ स्टाफ’ बारे तीनदिने कार्यशाला गोष्ठी सोमबार सुरु भयो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वविद्यालय अनुसन्धान र प्राज्ञिक थलो बन्नुपर्नेमा शासक पार्टीको भागबन्डाको थलो बन्दा देशको शैक्षिक स्थिति भद्रगोलको स्थितिमा पुगेको बताए ।

शैक्षिक क्षेत्रलाई हडताल र तालाबन्दी मुक्त क्षेत्र घोषणा गर्नुपर्ने धारणा उनको थियो । परनिर्भरले काम गर्ने होइन, सहयोग दिएपछि मात्र काम गर्ने बानी त्याग्नुपर्छ भन्दै त्रिविमा योग्यताको कदर नभएको जनगुनासो रहेको प्रमुख प्रजापतिले व्यक्त गरे ।

कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोलेको थियो । कार्यशाला गोष्ठी मंगलबार र बुधबार पनि चालु रहनेछ ।

Published Date: 01 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी