लेस्टर र एभर्टनले बराबरी खेल्दै अंक बाँडे

लेस्टर र एभर्टनले बराबरी खेल्दै अंक बाँडे : Icon Khabar

लन्डन, बैशाख १९ । लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो । दुवै टिम रेलिगेसनबाट बच्न संघर्षरत छन् । यो नतिजापछि लेस्टर ३० अंकमा १६ औं स्थानमा उक्लेको छ ।

लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काए ।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए । त्यसपछि लेस्टरले १२ मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएपनि त्यसलाई जोगाउन सकेन ।

२२औं मिनेटमा काग्लरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३३औं मिनेटमा जेमी भार्डीले गोल गरेपछि लेस्टरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा जेम्स म्याडिसन पेनाल्टीमा चुक्दा टोलीले थप अग्रता बढाउन सकेन । त्यसपछि ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक जोडेर १६औं स्थानमा छ । टोली रेलिगेसन जोनको लिड्स र नटिङहम फरेस्टसँग अंक बराबरी भएपनि गोल अन्तरमा अघि छ । एभर्टन ३४ खेलबाटै २९ अंक जोडेर १९औं स्थानमा छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने