लेस्टर र एभर्टनले बराबरी खेल्दै अंक बाँडे

लेस्टर र एभर्टनले बराबरी खेल्दै अंक बाँडे : Icon Khabar

लन्डन, बैशाख १९ । लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो । दुवै टिम रेलिगेसनबाट बच्न संघर्षरत छन् । यो नतिजापछि लेस्टर ३० अंकमा १६ औं स्थानमा उक्लेको छ ।

लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काए ।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए । त्यसपछि लेस्टरले १२ मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएपनि त्यसलाई जोगाउन सकेन ।

२२औं मिनेटमा काग्लरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३३औं मिनेटमा जेमी भार्डीले गोल गरेपछि लेस्टरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा जेम्स म्याडिसन पेनाल्टीमा चुक्दा टोलीले थप अग्रता बढाउन सकेन । त्यसपछि ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक जोडेर १६औं स्थानमा छ । टोली रेलिगेसन जोनको लिड्स र नटिङहम फरेस्टसँग अंक बराबरी भएपनि गोल अन्तरमा अघि छ । एभर्टन ३४ खेलबाटै २९ अंक जोडेर १९औं स्थानमा छ । –एजेन्सी

Published Date: 02 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी