हुम्ला नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका आज देखि खुल्यो

हुम्ला नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका आज देखि खुल्यो : Icon Khabar
फाईल तस्बिर

हुम्ला, वैशाख १८ । कोरोना महामारीका कारण बन्द भएको नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका सोमबारदेखि खोलिएको छ । हिल्सा नाका खुलेसँगै सोमबार नै १८ जना हुम्ली चीनको श्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट पुगेका छन् ।

तत्काललाई नेपाल तर्फबाट चीनतिर जाने दिइएको भए पनि चीनबाट नेपालतिर भने दिइएको छैन । चीनबाट नेपालतिर २०२३ मे ७ (वैशाख २४ गतेबाट) मात्र आउन दिने चिनियाँ अधिकारीहरूले बताएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । सोमबार ताक्लाकोट जान हिल्सा पुगेका १८ जना चीन प्रवेश गरिसकेको प्रजिअ पोडेलले बताए ।

नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्र जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ- आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा नाका खोल्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts