हुम्ला नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका आज देखि खुल्यो

हुम्ला नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका आज देखि खुल्यो : Icon Khabar
फाईल तस्बिर

हुम्ला, वैशाख १८ । कोरोना महामारीका कारण बन्द भएको नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका सोमबारदेखि खोलिएको छ । हिल्सा नाका खुलेसँगै सोमबार नै १८ जना हुम्ली चीनको श्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट पुगेका छन् ।

तत्काललाई नेपाल तर्फबाट चीनतिर जाने दिइएको भए पनि चीनबाट नेपालतिर भने दिइएको छैन । चीनबाट नेपालतिर २०२३ मे ७ (वैशाख २४ गतेबाट) मात्र आउन दिने चिनियाँ अधिकारीहरूले बताएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । सोमबार ताक्लाकोट जान हिल्सा पुगेका १८ जना चीन प्रवेश गरिसकेको प्रजिअ पोडेलले बताए ।

नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्र जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ- आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा नाका खोल्ने सहमति भएको थियो ।

Published Date: 01 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग