अमेरिकी डलर सटहीको सीमा बढ्यो

अमेरिकी डलर सटहीको सीमा बढ्यो : Icon Khabar

काठमाडौं, बैशाख १८ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ ।नयाँ व्यवस्था अनुसार अव नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्जले नेपाली नागरिकसँग पाँच हजार अमेरिकी डलरसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले सीमा बढाएको हो ।यसअघि पाँच सय वा सो बराबरको मुद्रा बराबर मात्रै सटही गर्न सकिने व्यवस्था थियो ।

संशोधन गरिएको परिपत्रमा विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिने उल्लेख गरेको छ । त्यस्तै एकीकृत परिपत्रमा संशोधनमार्फत् विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ ।

यसअघि यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार वा सो बराबरको अन्य परिवर्तीय विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ भन्ने व्यवस्था रहेको थियो । नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ ।

त्यस्तै नेपाली नागरिकलाई विभिन्न प्रयोजनका लागि भारतीय मुद्रा बाहेकको परिवर्तिय विदेशी मुद्राको सटही सुविधासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts