नेपाल र युएईबीचको फाइनल स्थगित

नेपाल र युएईबीचको फाइनल स्थगित : Icon Khabar

काठमाडौं, बैशाख १८ । एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आजलाई खेल स्थगित भएको हो । खेल स्थगित भएको म्याच रेफ्री सारिका प्रसादले जनाएका छन् ।

मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।

सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।

Published Date: 01 May 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु