नेपाल र युएईबीचको फाइनल स्थगित

नेपाल र युएईबीचको फाइनल स्थगित : Icon Khabar

काठमाडौं, बैशाख १८ । एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आजलाई खेल स्थगित भएको हो । खेल स्थगित भएको म्याच रेफ्री सारिका प्रसादले जनाएका छन् ।

मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।

सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)