सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्न रास्वपाले आगामी शुक्रवारसम्म पर्खने

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्न रास्वपाले आगामी शुक्रवारसम्म पर्खने : Icon Khabar

काठमाडौँ, वैशाख १८ । सरकारलाई समर्थन गरिरहेको तेस्रो ठूलो पार्टि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे आगामी शुक्रवारसम्म निर्णय लिने पार्टी प्रवक्ताले बताएका छन्।

सोमवार बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

“आगामी शुक्रवारसम्म सबै कोणबाट अध्ययन गरेर शुक्रवारको बैठकमा एकदमै गहिराइमा पुगेर विश्लेषण गरेर निर्णय गर्छौँ,” ढकालले भने।

रवि लामिछाने नेतृत्वको यो पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेयता समर्थन जारी राखेको थियो।

Published Date: 01 May 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली