सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्न रास्वपाले आगामी शुक्रवारसम्म पर्खने

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्न रास्वपाले आगामी शुक्रवारसम्म पर्खने : Icon Khabar

काठमाडौँ, वैशाख १८ । सरकारलाई समर्थन गरिरहेको तेस्रो ठूलो पार्टि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे आगामी शुक्रवारसम्म निर्णय लिने पार्टी प्रवक्ताले बताएका छन्।

सोमवार बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

“आगामी शुक्रवारसम्म सबै कोणबाट अध्ययन गरेर शुक्रवारको बैठकमा एकदमै गहिराइमा पुगेर विश्लेषण गरेर निर्णय गर्छौँ,” ढकालले भने।

रवि लामिछाने नेतृत्वको यो पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेयता समर्थन जारी राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts