छातामुनि: नेपाल-युएई क्रिकेट खेल सुचारु हुने प्रतीक्षामा दर्शकहरू

छातामुनि: नेपाल-युएई क्रिकेट खेल सुचारु हुने प्रतीक्षामा दर्शकहरू : Icon Khabar

काठमाडौं, वैशाख १८ । नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ । जारी खेलको पहिलो इनिङ्समा वर्षाले खेल प्रभावित भएको यो दोस्रो पटक हो ।

१६ औं ओभरपछि पहिलो पटक वर्षाका कारण खेल रोकिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाए पनि वर्षाका कारण खेल दोस्रो पटक रोकिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पानी परिरहेको छ । वर्षा जारी रहेकाले खेल सुचारु हुने वा नहुने अनिश्चित छ । वर्षाको बावजुद पनि खेल सुचारु हुने उत्सुकताका साथ पर्खिरहेका दर्शकहरु क्रिकेटका फ्यानहरु जस्तै देखिन्छन् । वर्षाको बीचमा पनि दर्शकले खेल सुचारु हुने आशामा मैदान छाडेका छैनन् । उनीहरु वर्षाबाट बच्न छातामुनि खेलको पर्खाइमा छन् ।

पानी परेपछि र युएई क्रिकेट टोलीको नवौं विकेट खसेपछि त्रिवि क्रिकेट मैदान फेरि तिरपालले ढाकिएको थियो । चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि टोलीले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने