छातामुनि: नेपाल-युएई क्रिकेट खेल सुचारु हुने प्रतीक्षामा दर्शकहरू

छातामुनि: नेपाल-युएई क्रिकेट खेल सुचारु हुने प्रतीक्षामा दर्शकहरू : Icon Khabar

काठमाडौं, वैशाख १८ । नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ । जारी खेलको पहिलो इनिङ्समा वर्षाले खेल प्रभावित भएको यो दोस्रो पटक हो ।

१६ औं ओभरपछि पहिलो पटक वर्षाका कारण खेल रोकिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाए पनि वर्षाका कारण खेल दोस्रो पटक रोकिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पानी परिरहेको छ । वर्षा जारी रहेकाले खेल सुचारु हुने वा नहुने अनिश्चित छ । वर्षाको बावजुद पनि खेल सुचारु हुने उत्सुकताका साथ पर्खिरहेका दर्शकहरु क्रिकेटका फ्यानहरु जस्तै देखिन्छन् । वर्षाको बीचमा पनि दर्शकले खेल सुचारु हुने आशामा मैदान छाडेका छैनन् । उनीहरु वर्षाबाट बच्न छातामुनि खेलको पर्खाइमा छन् ।

पानी परेपछि र युएई क्रिकेट टोलीको नवौं विकेट खसेपछि त्रिवि क्रिकेट मैदान फेरि तिरपालले ढाकिएको थियो । चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि टोलीले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सफल भयो ।

Published Date: 01 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर