नागरिक लगानी कोषको खुद नाफा २६.१४% ले बढ्यो

नागरिक लगानी कोषको खुद नाफा २६.१४% ले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १८ । नागरिक लगानी कोषको खुद नाफामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कोषले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिमा कमाएको ६१ करोड ६६ लाख रुपैयाँ भन्दा २६.१४% धेरै हो । सीआइटीको ब्याज आम्दानीका साथै सेवा शुल्क तथा कमिसन आम्दानी र विविध आम्दानीमा सुधार भएपछि खुद नाफा वृद्धि भएको देखिन्छ ।

ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँबाट बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ । यस्तै, सेवा शुल्क तथा कमिसन आम्दानी ८८ करोड रुपैयाँबाट बढेर ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियम भने गत वर्षको भन्दा घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँमा आएको छ ।

Published Date: 01 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर