नागरिक लगानी कोषको खुद नाफा २६.१४% ले बढ्यो

नागरिक लगानी कोषको खुद नाफा २६.१४% ले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १८ । नागरिक लगानी कोषको खुद नाफामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कोषले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिमा कमाएको ६१ करोड ६६ लाख रुपैयाँ भन्दा २६.१४% धेरै हो । सीआइटीको ब्याज आम्दानीका साथै सेवा शुल्क तथा कमिसन आम्दानी र विविध आम्दानीमा सुधार भएपछि खुद नाफा वृद्धि भएको देखिन्छ ।

ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँबाट बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ । यस्तै, सेवा शुल्क तथा कमिसन आम्दानी ८८ करोड रुपैयाँबाट बढेर ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियम भने गत वर्षको भन्दा घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने