श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न जडीबुटी उत्पादनका कर्मचारीको माग

श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न जडीबुटी उत्पादनका कर्मचारीको माग : Icon Khabar

काठमाडौं, वैशाख १८ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।

सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएको गुनासो गरे ।

“जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्तिपत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्नेलगायत हाम्रो माग छ”, उनले भने । देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताए।

सरकारको लगानीमा विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अगाडिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन, २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा नभएको सचिव क्षेत्रीले बताए।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पुरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताए । “यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ”, उनले भनीन्।

Published Date: 01 May 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली