नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै

नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै : Icon Khabar

काठमाडौं,  वैशाख १८ । नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

नेपालले खेलमा सानदार बलिङ गरेपछि युएई संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १३.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । क्रिजमा आसिफ खान १४ रनमा छन् । उनलाई बसिल हमिदले साथ दिनेछन् ।

युएईका आसिफ खान २० बलमा ३ चौकासहित १५ रनमा क्रिजमा छन् । उनलाई बसिल हमिदले ११ बलमा १ चौकासहित ६ रनमा साथ दिएका छन् । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए ।

उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए । यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता