नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै

नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै : Icon Khabar

काठमाडौं,  वैशाख १८ । नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

नेपालले खेलमा सानदार बलिङ गरेपछि युएई संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १३.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । क्रिजमा आसिफ खान १४ रनमा छन् । उनलाई बसिल हमिदले साथ दिनेछन् ।

युएईका आसिफ खान २० बलमा ३ चौकासहित १५ रनमा क्रिजमा छन् । उनलाई बसिल हमिदले ११ बलमा १ चौकासहित ६ रनमा साथ दिएका छन् । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए ।

उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए । यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।

Published Date: 01 May 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली