भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन : Icon Khabar

भक्तपुर, पुस १८ । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।

नगरपालिकाकाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए।

नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु. पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग रु. एक हजार पाँचसय लिँदै आएकामा जनही रु. एक हजार ८०० लिने भएको छ। – रासस

Published Date: 02 January 2023




ताजा
मलमास सुरु भएसँगै भक्तपुरको छालिङस्थित मच्छेनारायण मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न
‘परिवर्तन यही हो ?’ — ४ दिन लगातार बिदाले सेवा प्रवाह प्रभावित, सरकारलाई पुनर्विचारको दबाब


ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र