लिभरपुलले टोटेनहमलाई हरायो

लिभरपुलले टोटेनहमलाई हरायो : Icon Khabar

काठमाडौं, वैशाख १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले टोटेनहमलाई हराएको छ । खेलमा लिभरपुलले टोटेनहमलाई ४-३ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसै पाँचौं मिनेटमा लुइस डियाजले र १५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहमले ३-१ को स्थितिमा आयो भने खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-२ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।

जितसँगै लिभरपुल पाँचौं स्थानमा रहेको छ भने टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल