मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रियो

मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रियो : Icon Khabar

काठमाडौं, वैशाख १६ । मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रिएकाे छ । मोटोरोलाका लागि नेपालकाे आधिकारिक बिक्रेता कल मोबिलिटीले यो फोन बजारमा ल्याएकाे हो ।

६.५ इन्च आईपीएस एलसीडी डिस्प्ले भएको फाेन एन्ड्रोइड १३ मा आधारित छ, जसमा युनिसेक टी६०६ चिपसेट दिइएकाे छ । त्यस्तै २ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध फाेनकाे मूल्य ११ हजार ९९९ ताेकिएकाे छ । स्टोरेज बढाउनका लागि प्रयोगकर्ताले १ टिबी स्टोरेजको एसडीकार्ड प्रयोग गर्न सक्छन् ।

यो फोन अरोरा ग्रिन र कस्मिक ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । ​फोनमा १३ मेगापिक्सेलको एउटा मात्र रियर क्यामेरा रहेको छ । त्यस्तै सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

यसमा ५००० मेगापिक्सेल क्षमताकाे ब्याट्री छ, जसलाई चार्ज गर्न १० वाटको टाइप-सी चार्जर दिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता