मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रियो

मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रियो : Icon Khabar

काठमाडौं, वैशाख १६ । मोटोरोलाको नयाँ फोन ‘मोटो ई-१३’ नेपाल भित्रिएकाे छ । मोटोरोलाका लागि नेपालकाे आधिकारिक बिक्रेता कल मोबिलिटीले यो फोन बजारमा ल्याएकाे हो ।

६.५ इन्च आईपीएस एलसीडी डिस्प्ले भएको फाेन एन्ड्रोइड १३ मा आधारित छ, जसमा युनिसेक टी६०६ चिपसेट दिइएकाे छ । त्यस्तै २ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध फाेनकाे मूल्य ११ हजार ९९९ ताेकिएकाे छ । स्टोरेज बढाउनका लागि प्रयोगकर्ताले १ टिबी स्टोरेजको एसडीकार्ड प्रयोग गर्न सक्छन् ।

यो फोन अरोरा ग्रिन र कस्मिक ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । ​फोनमा १३ मेगापिक्सेलको एउटा मात्र रियर क्यामेरा रहेको छ । त्यस्तै सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

यसमा ५००० मेगापिक्सेल क्षमताकाे ब्याट्री छ, जसलाई चार्ज गर्न १० वाटको टाइप-सी चार्जर दिइएकाे छ ।

Published Date: 29 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग