वर्षाका कारण नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकियो

वर्षाका कारण नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकियो : Icon Khabar

काठमाडौं, वैशाख १६ । नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा अहिले पानी परिरहेको छ ।

नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएपछि रोकिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ३० र कुशल मल्लले ३२ रन बनाए ।

त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेख ४३ रन र ३१ रन बनाएर आउट भएका थिए । दुवैलाई कुवेतका अदनान इद्रिसले समातेका थिए भने भीम सार्कीले एक रन जोडेर मोहम्मद अस्लमले आउट गरेका थिए । दर्शकहरु वर्षा रोकिएर खेल सुचारु हुने पर्खाइमा छन् ।

Published Date: 29 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास