वर्षाका कारण नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकियो

वर्षाका कारण नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकियो : Icon Khabar

काठमाडौं, वैशाख १६ । नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा अहिले पानी परिरहेको छ ।

नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएपछि रोकिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ३० र कुशल मल्लले ३२ रन बनाए ।

त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेख ४३ रन र ३१ रन बनाएर आउट भएका थिए । दुवैलाई कुवेतका अदनान इद्रिसले समातेका थिए भने भीम सार्कीले एक रन जोडेर मोहम्मद अस्लमले आउट गरेका थिए । दर्शकहरु वर्षा रोकिएर खेल सुचारु हुने पर्खाइमा छन् ।

Published Date: 29 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक