मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत : Icon Khabar

कर्णाली, वैशाख १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको पहिलो बैठकमा सभामुख नन्द गुरुङले मुख्यमन्त्री शर्मालाई समय दिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

कर्णाली प्रदेशसभाका ३९ सदस्यमध्ये शर्माले २९ जना नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका १४, नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र एक जनाबाट मत प्राप्त गरेका छन् ।

यसअघि शर्माले गत माघ ०६ गते पहिलो पटक र चैत १७ मा दोस्रो पटक विश्वासको मत पाएका थिए । सत्तारुढ साझेदार परिवर्तनका कारण उनी पटकपटक फ्लोर टेस्टका लागि जानुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)