मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत : Icon Khabar

कर्णाली, वैशाख १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको पहिलो बैठकमा सभामुख नन्द गुरुङले मुख्यमन्त्री शर्मालाई समय दिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

कर्णाली प्रदेशसभाका ३९ सदस्यमध्ये शर्माले २९ जना नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका १४, नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र एक जनाबाट मत प्राप्त गरेका छन् ।

यसअघि शर्माले गत माघ ०६ गते पहिलो पटक र चैत १७ मा दोस्रो पटक विश्वासको मत पाएका थिए । सत्तारुढ साझेदार परिवर्तनका कारण उनी पटकपटक फ्लोर टेस्टका लागि जानुपरेको थियो ।

Published Date: 29 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग