ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते : Icon Khabar

ताप्लेजुङ, वैशाख १४ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको माइवाखोलामा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माइवाखोला–४ ताम्राङ निवासी ११ वर्षीय दोर्ची शेर्पा रहेको छ भने घाइते बालबालिकाका आमाबुवा रहेका छन् ।

उनीहरुलाई हिजो राति करिब ९ बजे राति खाना खाने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते तीनै जनालाई एम्बुलेन्समा जिल्ला अस्पताल पुर्याइएपनि त्यहाँ पुगेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । अभिभावकको उपचार भइरहेको छ ।

Published Date: 27 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु