ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते : Icon Khabar

ताप्लेजुङ, वैशाख १४ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको माइवाखोलामा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माइवाखोला–४ ताम्राङ निवासी ११ वर्षीय दोर्ची शेर्पा रहेको छ भने घाइते बालबालिकाका आमाबुवा रहेका छन् ।

उनीहरुलाई हिजो राति करिब ९ बजे राति खाना खाने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते तीनै जनालाई एम्बुलेन्समा जिल्ला अस्पताल पुर्याइएपनि त्यहाँ पुगेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । अभिभावकको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने