भक्तपुर औलोमुक्त जिल्ला बन्न सफल

भक्तपुर औलोमुक्त जिल्ला बन्न सफल : Icon Khabar

भक्तपुर, वैशाख १३ । भक्तपुर औलोमुक्त जिल्ला बन्न सफल भएको छ ।

स्वास्थ्य सेवा विभागका खरिद अधिकृत दीपक अछामीले भक्तपुरका चारवटै नगरपालिका औलोमुक्त भएको बताए । विश्व औलो दिवस २०८० विसं २०८० को अवसरमा मंगलबार कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अछामीले भने । भक्तपुरमा परीक्षण गर्दा औलोका बिरामी नभेटिएकाले यस जिल्लालाई औलोमुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण मिजारले औलोमुक्त जिल्ला भए पनि सावधानी अपनाउन नछाडेको बताए । “यो रोग कहिले आउँछ भन्न असम्भव छ,” उनले भने, “विगत केही वर्षहरूमा कोरोनाभाइरस यति डरलाग्दो रूपमा आउनेछ कसलाई थाहा थियो?” त्यसैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । यसका लागि बेलाबेलामा लामखुट्टे वितरण, सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख मिजार बताउँछन् ।

मलेरिया लामखुट्टेबाट सर्ने रोग हो। यो रोग मुख्यतया पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । त्यसैले यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । गर्मीमा लामखुट्टे बढी हुने भएकाले टोकाइबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार देशका ६७ जिल्ला औलोको जोखिममा छन् । तीमध्ये इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् । भक्तपुर, सोलुखुम्बु, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालिकोट, मुगु र सिन्धुपाल्चोक औलोमुक्त जिल्ला हुन् ।

नेपाल सरकारले सन् २०२५ सम्ममा मुलुकलाई औलोमुक्त बनाउने योजना घोषणा गरेको तर त्यो सम्भव नभएको कार्यक्रममा बताइएको थियो । भारतसँगको खुला सिमानाका कारण यो सम्भव नभएको कार्यक्रममा भनिएको थियो । भारतले सन् २०३० सम्ममा मलेरियामुक्त राष्ट्र बन्ने घोषणा गरेको छ ।

Published Date: 26 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी