अनाधिकृत रूपमा प्रकाशित पात्रो जफत गर्न गृह मन्त्रालयद्वारा सर्कुलर जारी

अनाधिकृत रूपमा प्रकाशित पात्रो जफत गर्न गृह मन्त्रालयद्वारा सर्कुलर जारी : Icon Khabar

काठमाडौं, वैशाख ११ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सरकारी निकायको पूर्व स्वीकृतिविना प्रकाशित क्यालेन्डर, पकेट क्यालेन्डर र भित्ते क्यालेन्डर जफत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आइतबार परिपत्र जारी गर्दै क्यालेन्डर, पकेट क्यालेन्डर र वाल क्यालेन्डरको स्वीकृति दिने काम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भएको बताउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जारी मितिलाई मन्त्रिपरिषद्ले पनि आधार बनाएको बताए ।

मन्त्रालयले अनाधिकृत पात्रो, पकेट क्यालेन्डर र भित्ता क्यालेन्डरका प्रकाशकलाई बुकिङ गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी क्यालेन्डर, पकेट क्यालेन्डर र भित्ते क्यालेन्डर प्रकाशनका लागि समितिबाट पूर्व स्वीकृति लिन मन्त्रालयले सबै इच्छुक प्रकाशकहरूलाई सम्झाएको छ।

Published Date: 24 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग