विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएकाे किताब सार्वजनिक

विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएकाे किताब सार्वजनिक : Icon Khabar

काठमाडौँ, वैशाख १० । सगरमाथा आधार शिविर , बुक्स राईटिङ नेपाल प्रा. लि. द्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएकाे किताब सार्बजनिक भएकाे छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमकाे आयाेजना गदै “हिमालयन म्याभरीक” (Himalayan Maverick) नामक किताब विश्व कीर्तिमानी पर्बताराेही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्बजनिक गरेका हुन् ।

शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाकाे सफलतापूर्वक आराेहण गरि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यसैगरी ५९ दिनभित्र विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र के-टु को सफल आरोहण गरेर दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम सुनौलो अक्षरले लेखाए ।

विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाले कार्यक्रममा बाेल्दै भने, “हिमालमा अनगिन्ती कथाहरू छ्न् ती कथाहरुलाई यसरी किताबको रूपमा लेखिनु निकै सुखद कुरा हो । हिमाल आरोही शेर्पाहरु हिमाल आरोहणका अलावा पुस्तक अध्ययन र किताब लेखन जस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु मेरो अहोभाग्य हो ।” हरेक आरोहीहरुले यसरी नै आफनो अनुभव लेखिराखे नयाँ आरोहीहरुलाई सजिलो हुने उनले बताए ।

त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले पनि सगरमाथा आधार शिविरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाद्वारा आफ्नाे किताब सार्वजनिक गर्न पाउँदा निकै गर्व र खुःसी महशुस भएकाे सुनाए । सोलुखुम्बु जिल्लाको दक्षिण पुर्बी भागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसानी परिवेसबाट, ट्रेकिङ क्षेत्रमा भरिया हुँदै हजारौं उतारचढावका बीच यो किताबसम्म आइपुग्दा जीवन रङ्गिबिरङ्गी फुलहरुले रङ्गिएको बगैंचा झै लागेको बताए ।

बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङका अनुसार हिमाल आरोहणको क्षेत्रमा पर्दा पछाडी थुप्रै नेपाली हिरोहरु छन्। उनीहरुलाई हामी नेपाली आफैंले बिस्वसामु चिनाउन सकेनौं । उनले भने, “विदेशीहरुले आफ्नै हिसाबले ब्याख्या गरिरहे । ब्याख्या भन्दा पनि बढि अपब्याख्या भएको र भैरहेको जस्ताे लाग्छ । हाम्रो कुरा हामीलाई भन्दा बढि विदेशीहरुलाई त पक्कै थाहा छैन नै । अनि हाम्रो यथार्थ कुरा हामी आफैंले लेखेर किन दुनियाँलाई नबताउने ? र शुरूवात गर्यौ हामीले ।”

हिमालको कथा लेख्ने क्रममा पहिलो पात्रका रूपमा लाक्पा देन्डी शेर्पालाई पायौं । उनकै कथाहरुलाई शेर्पा आरोहिहरुको प्रतिनिधि भोगाईको रूपमा हिमालयन म्याभरीक” `Himalayan Maveric´ ल्याएकाे उनले बताए ।
हिमालयन म्याभरीक” ‘Himalayan Maverick’ amazon मार्फत पनि चाडै नै वर्ल्डवाईड उपलब्ध हुने उनले जानकारी दिए।

थुप्रै नेपाली, विश्व कीर्तिमानी आरोहीहरु हुनुहुन्छ, उनीहरुको किताब पनि बिस्तारै बजारमा ल्याउनेछाै, उनले थपे । सबै कुरा किताब पढेपछि थाहा भैहाल्ने बताउदै उनले भने, “शेर्पा बिना हिमाल आरोहण, करिब करिब असम्भव जस्तै छ।”

Published Date: 23 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग