बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यापार मेला सुरु

बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यापार मेला सुरु : Icon Khabar

ढाका, पुष १७। (सिन्ह्वा) – बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यावसायिक र व्यापारिक कार्यक्रम ढाका अन्तर्राष्ट्रिय व्यापार मेला (डीआईटीएफ) को २७ औं संस्करण, बङ्गबन्धु बंगलादेश-चीन मैत्री प्रदर्शनी मेगा चिनियाँ निर्मित स्थलमा आइतबार सुरु भयो।

राजधानी ढाकाको बाहिरी भागमा रहेको पूर्वाचलस्थित बीबीसीएफईसीमा हुन लागेको व्यापार मेला एक महिनासम्म चल्ने छ । दक्षिण एसियाली देशमा कोभिड–१९ को महामारीको प्रभावका बाबजुद चिनियाँ कोषमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (सीएससीईसी) ले बीबीसीएफईसीको निर्माण सन् २०२१ मा सम्पन्न भएको थियो।

व्यापार मेलाको उद्घाटन प्रधानमन्त्री शेख हसिनाले गरेकी हुन् । यस वर्षको DITF मा गत वर्षको संख्या २२५ को तुलनामा ३५० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल, प्याभिलियन र मिनी प्याभिलियन रहेको छ ।

सहभागीहरुले कृषि तथा बागवानीका लागि मेसिनरी, उपकरण तथा सामाग्री, सौन्दर्य प्रसाधन, दुग्धजन्य उत्पादन तथा इलेक्ट्रोनिक वस्तुहरु लगायतका विभिन्न उत्पादनहरुको प्रदर्शनी राखेका थिए ।

Published Date: 01 January 2023
ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय