बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यापार मेला सुरु

बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यापार मेला सुरु : Icon Khabar

ढाका, पुष १७। (सिन्ह्वा) – बंगलादेशको सबैभन्दा ठूलो वार्षिक व्यावसायिक र व्यापारिक कार्यक्रम ढाका अन्तर्राष्ट्रिय व्यापार मेला (डीआईटीएफ) को २७ औं संस्करण, बङ्गबन्धु बंगलादेश-चीन मैत्री प्रदर्शनी मेगा चिनियाँ निर्मित स्थलमा आइतबार सुरु भयो।

राजधानी ढाकाको बाहिरी भागमा रहेको पूर्वाचलस्थित बीबीसीएफईसीमा हुन लागेको व्यापार मेला एक महिनासम्म चल्ने छ । दक्षिण एसियाली देशमा कोभिड–१९ को महामारीको प्रभावका बाबजुद चिनियाँ कोषमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (सीएससीईसी) ले बीबीसीएफईसीको निर्माण सन् २०२१ मा सम्पन्न भएको थियो।

व्यापार मेलाको उद्घाटन प्रधानमन्त्री शेख हसिनाले गरेकी हुन् । यस वर्षको DITF मा गत वर्षको संख्या २२५ को तुलनामा ३५० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल, प्याभिलियन र मिनी प्याभिलियन रहेको छ ।

सहभागीहरुले कृषि तथा बागवानीका लागि मेसिनरी, उपकरण तथा सामाग्री, सौन्दर्य प्रसाधन, दुग्धजन्य उत्पादन तथा इलेक्ट्रोनिक वस्तुहरु लगायतका विभिन्न उत्पादनहरुको प्रदर्शनी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2023
Website | + posts