काठमाडौं, वैशाख ८ । नेपालमा शुक्रबार थप १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ४६ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ का लागि एकै दिन एक हजार ८८३ स्वाब नमूना परीक्षण गरिएको थियो । तीमध्ये ६४ पीसीआर र ४२ एन्टिजेन परीक्षणमा भाइरस पोजेटिभ देखिएको हो ।
हाल देशभर कोभिड-१९ का ४१४ सक्रिय केसहरू छन्। तीमध्ये २५ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज पनि लिन आग्रह गरेको छ।
Published Date: 21 April 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1