सिंहदरबारमा फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश

सिंहदरबारमा फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले फोहोर मैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुने भन्दै तीन दिनभित्र संकलन गरी उठाइ विसर्जनसमेत अविलम्ब गर्न महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

महानगरले फोहोर नउठाएपछि सिंहदरबारमा दुर्गन्ध फैलिन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2023
Website | + posts