सिंहदरबारमा फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश

सिंहदरबारमा फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले फोहोर मैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुने भन्दै तीन दिनभित्र संकलन गरी उठाइ विसर्जनसमेत अविलम्ब गर्न महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

महानगरले फोहोर नउठाएपछि सिंहदरबारमा दुर्गन्ध फैलिन थालेको थियो ।

Published Date: 21 April 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न