राजदूत पोखरेल र रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नरबीच भेटवार्ता

राजदूत पोखरेल र रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नरबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख ८ । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार अस्ट्रेलियाको रिजर्भ बैंकका गभर्नर फिलिप विलियम लोभसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच मैत्रीपूर्ण वातावरणमा नेपाल र अष्ट्रेलियाको बैंकिङ आबद्धताका सम्भावनालगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा गभर्नरलाई जानकारी दिँदै अष्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्सलाई सहज बनाउन आग्रह गरे । राजदूत पोखरेलका अनुसार गभर्नर लोवेले यो विषयलाई सकारात्मक रुपमा लिएको छ ।

उनले दुवै देशका वाणिज्य बैंकहरूबीच बैंकिङ सम्बन्ध स्थापना गर्न सहजीकरण गर्न गभर्नरसँग आग्रह गरे । बैठकमा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, अस्ट्रेलियन रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्ब र अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का पनि उपस्थित थिए ।

Published Date: 21 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग