राजदूत पोखरेल र रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नरबीच भेटवार्ता

राजदूत पोखरेल र रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नरबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख ८ । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार अस्ट्रेलियाको रिजर्भ बैंकका गभर्नर फिलिप विलियम लोभसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच मैत्रीपूर्ण वातावरणमा नेपाल र अष्ट्रेलियाको बैंकिङ आबद्धताका सम्भावनालगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा गभर्नरलाई जानकारी दिँदै अष्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्सलाई सहज बनाउन आग्रह गरे । राजदूत पोखरेलका अनुसार गभर्नर लोवेले यो विषयलाई सकारात्मक रुपमा लिएको छ ।

उनले दुवै देशका वाणिज्य बैंकहरूबीच बैंकिङ सम्बन्ध स्थापना गर्न सहजीकरण गर्न गभर्नरसँग आग्रह गरे । बैठकमा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, अस्ट्रेलियन रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्ब र अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने