तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने : Icon Khabar

काठमाडौं, वैशाख ५ । चीनसंगको व्यापार तथा आयात निर्यातमा काठमाडौंका लागि लाइफलाइन मानिएको तातोपानी नाकाबाट आगामी वैशाख १८ गतेदेखि निर्यात पनि खुल्ने भएको छ ।

सोमबार नेपाल–चीन सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा भएको छलफलमा नाकाबाट निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको छ ।

२०७२ सालमा गएको महाविनाशकारी भूकम्पछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ हुँदै चीन जोड्ने उत्तरी नाका लगभग ठप्प थियो ।

यसबीच सञ्चालनमा आउँदा पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएको यो नाकाबाट अब नेपालले निर्यात गर्न पाउने भएको छ । तर लामो समयपछि निर्यात मात्र खुल्दा स्थानीयवासी भने निराश देखिएका छन् । नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याएर मानिसहरुको आवातजावत र व्यापारिक ओहोरदोहार पनि खोलेर नाकालाई पूर्व अवस्थामा ल्याउनु पर्ने माग स्थानीयको छ ।

गत चैत १५ गते तिब्बतको ल्हासामा बसेको बैठकमा नेपालसंग जोडिएका सीमानाका खोल्न चीन सरकार सकारात्मक देखिएको थियो । त्यही बैठकको निरन्तरताका लागि सोमबार बसेको बैठकमा नेपाल र चीनका सरकारी अधिकारीहरुबीच निर्यात खुलाउने सहमति भएको हो ।

यसअघि केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएकोले तातोपानी नाका पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्ने स्थानीयको माग छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भने वैशाख १८ गतेदेखि नाका पूर्णरुपमा खोल्ने सहमति भएको बताए ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी उपरीक्षक बालनरसिंह राणाले वैशाख १८ गतेदेखि नाका पूर्णरुपमा सञ्चालन आउने गरी सहमति भएको जानकारी दिए । उनले कोभिड १९ का कारण अझै पनि केही सतर्कता कायम राखिएको भन्दै दुई देशका अधिकारीबीच अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर सुरक्षा गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता विषयमा पनि छलफल भएको बताए ।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेपछि छलफललाई विषय प्रवेश गराइएको थियो ।

बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहभागी थिए । यस्तै चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने